काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमध्ये कृषि, उद्योग र सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड विनियोजन गरेको छ ।
आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले सहकारीको प्रभावकारी नियमन गर्ने बताउनुभयो ।
साथै सरकारले समस्याग्रस्त सहकारी संस्थाका पीडित बचतकर्तालाई तत्काल बचत फिर्ताका लागि चक्रिय कोष स्थापना गर्न २ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो ।
बचत रकम अपचलनकर्ताको सम्पत्ति विक्रिबाट प्राप्त रकम उक्त कोषमा जम्मा गर्ने गरी कोष स्थापना गरिनेबताउनुभयो ।
साथै बैंक, वित्तीय संस्था तथा सहकारीमार्फत उपलब्ध कृषि कर्जामा ब्याज अनुदानका लागि १४ करोड बजेट विनियोजन सरकारले गरेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com