काठमाडौं । सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रीपरिषद्को निर्णयअनुसार सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर उपयुक्त जग्गामा वृक्षारोपण गर्ने जनाएको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता गरेअनुसार उक्त अभियान संचालन गर्न लागिएको जानकारी गराउनुभयो ।
महाअभियानले कार्बन उत्सर्जन न्यूनीकरण र अनुकुलनमा योगदान पुर्याउने, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण गर्ने तथा वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । अभियानले वातावरणीय समृद्धि तथा जलवायु संकट समाधान गर्न योगदान पुर्याउने विश्वास गरिएको छ ।
महाअभियानअन्तर्गत मुलुकभर स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपण गरिने मन्त्री ठुकरीले बताउनुभयो । उनले महाअभियानमा संघीय मन्त्रालय प्रदेश सरकार, स्थानीय सरकार, वन क्षेत्रमा क्रियाशील सामुदायिक, साझेदारी तथा निजी वनका महासंघ, निजी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रलगायत सबै सरोकारवालाहरू सहभागी हुने बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com