काठमाडौं । प्रतिनिधि सभाको शनिबार बसेको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८२) बहुमतले पारित गरेको छ । विधेयक पारित भएसँगै एकल आमाका सन्तानले अब आमाको नामबाट नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जबाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताउनुभयो । उहाँले नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् र पाउनु नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।
उहाँले संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार जुटेको जानकारी गराउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com