Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
खेलकूद

पदक विजेता खेलाडीहरुलाई कार्यवाहक प्रधानमन्त्रीको बधाई

पदक विजेता खेलाडीहरुलाई कार्यवाहक प्रधानमन्त्रीको बधाई

काठमाण्डौ । भूटानमा सम्पन्न १५औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बधाई दिनुभएको छ । शहरी विकास मन्त्रालयमा एक कार्यक्रमका बीच कार्यवाहक प्रधानमन्त्री सिंहले आज खेलाडीहरूलाई बधाई दिनुभएको हो ।

भूटानको थिम्पुमा गएको जेठ २८ देखि असार १ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत पदक जितेको थियो । महिला एथ्लेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण र शिला ठकुरीले रजत पदक जित्नुभएको थियो ।

यस्तै पुरुष ५५ केजी तौल समूहमा शरद् सुवाल र स्पोट्र्स फिजिक १ सय ७५ मुनिको समूहमा अवतार श्रेष्ठले रजत पदक जित्नुभएको थियो । यसैगरी स्पोट्र्स फिजिक १ सय ७५ माथिको समूहमा प्रनिश श्रेष्ठ पाँचौं हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार