Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्चको आदेश

त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्चको आदेश

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले लामो समयदेखि बन्द रहेको ताला खोल्न अन्तरिम आदेश दिएको हो।

अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोग लगायतलाई विपक्षी बनाएर तालाबन्दी खुलाउन माग गर्दै मंगलबार सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । 

त्यस्तै त्रिवि आंशिक प्राध्यापक केन्द्रीय समितिका अध्यक्ष गोकुल लेछवा लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य, महासचिव बैकुण्ठ थापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, क्रान्तिकारी त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टलाई समेत विपक्षी बनाइएको थियो।

त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि तालाबन्दी रहेको छ। इजलासले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तालाबन्दी नगर्न र नगराउन तथा ताला लगाएको भए खोल्न आदेश दिएको हो। 

जेठ १४ गते  नेपाल विद्यार्थी संघले विभिन्न क्याम्पसमा स्ववियूमा निर्वाचित केही पदाधिकारीले उपकुलपति कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए। 

आंशिक प्राध्यापक संघले जेठ ३० गते उपकुलपतिसहित रजिष्ट्रार, रेक्टर र सेवा आयोग कार्यालयमा तालाबन्दी गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार