Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
स्वास्थ्य बिमा

प्रथम सेवा बिन्दु तोकिएका जुनसुकै अस्पतालबाट सेवा लिन सकिने स्वास्थ्य बिमा बोर्डको निर्णय

प्रथम सेवा बिन्दु तोकिएका जुनसुकै अस्पतालबाट सेवा लिन सकिने स्वास्थ्य बिमा बोर्डको निर्णय

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि बीमितले स्वास्थ्य प्रथम सेवा विन्दुको रूपमा काम गर्ने गरी अनुमति प्राप्त जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्ने जनाएको छ । बीमितबाट सेवा प्राप्त गर्न समस्या भएको गुनासो आएकोले सहज र सरल रूपमा सेवा प्रदान गर्न बोर्डले यस्तो निर्णय गरेको हो ।

बोर्डले आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै साउन १ गतेदेखि लागु हुने गरी स्वास्थ्य प्रथम सेवा विन्दुको रूपमा काम गर्ने गरी अनुमति प्राप्त गरेका जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बिमितले सेवा प्राप्त गर्न सक्ने निर्णय भएको छ । 

विगतमा बीमितले तोकिएको एक मात्र प्रथम सेवा विन्दुबाट सेवा लिनुपर्ने बाध्यता थियो । स्वास्थ्य बिमा ऐन, २०७४ तथा नियमावाली, २०७५ मा भएको संसोधन भएसँगै बीमितले जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

swbi_1.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार