Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक थापाको राजीनामा स्वीकृत

राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक थापाको राजीनामा स्वीकृत


काठमाडौं । राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक सुरेश थापाको राजीनामा स्वीकृत भएको छ । महासंघको हिजो असार २२ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले थापाको राजीनामा स्वीकृत गरेको हो । खुला प्रतिस्पर्धाबाट ४ वर्षका लागि महाप्रबन्धक नियुक्त हुनुभएका थापाको अनपेक्षित 'अर्ली एक्जिट' भएको छ । ६ महिना पनि नपुग्दै उहाँले दिएको राजीनामा महासंघ सञ्चालक समितिले सर्वसम्मत स्वीकृत गरेको छ ।  

साउन १५ गतेदेखि लागू हुने गरी असार १५ गते राजीनामा गरेका थापालाई महासंघले 'अर्ली एक्जिट' गराएको छ । महासंघ सञ्चालक समितिले साउन १ गतेबाटै लागू हुने गरी थापाको राजीनामा स्वीकृत गरेको छ । थापा हाल पारिवारिक कारणले बिदामा बस्नुभएको बुझिएको छ । राजीनामाको कारण राजनीतिक हस्तक्षप भनिएपनि त्यसो नभएको स्रोतले बताएको छ । महासंघ व्यवस्थापनको बागडोर सम्हाल्न सक्ने 'ड्यासिङ' र 'डायनामिक' क्षमतामा कमी कै कारण थापा राजीनामा गर्ने निष्कर्षमा पुगेको एक सञ्चालकले जानकारी गराउनुभयो ।

सहकारी अभियानको समग्र तरल अवस्था, त्यसमा महासंघको व्यवस्थापकीय अग्रसरता र चुस्तता, सञ्चालक समितिसँगको समन्वय, नियामकहरुसँग प्राविधिक विषयमा 'ट्याक्ल' गर्नुपर्ने र 'कन्भिन्स' गराउनुपर्ने 'इस्यू'हरुका अतिरिक्त आन्तरिक रुपमा पनि संघको मानव संशाधनबाट सम्पादन गराउनुपर्ने काममा 'लीड' गर्न थापाको 'बोल्ड' व्यक्तित्व प्रदर्शन नभएको तर्क बोर्डको रहेको पाइएको छ । 

sursh_sss_4YYUQYcaAJ.jpg
undefined

सन् २०१४ नोभेम्बरमा कार्यक्रम अधिकृतको रुपमा महासंघ प्रवेश गर्नुभएका काभ्रे पनौतीका थापा २०८० साल फागुन १ गते आइतबारबाट नायव महाप्रबन्धकको पदभार ग्रहण गर्नुभएको थियो । पदभार गहण गरे लगत्तै उहाँले सहकारी अभियानमा पछिल्लो समय देखा परेका नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल गरी साझा धारणा तय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यद्यपि, महाप्रबन्धक भएपनि थापा खासै 'भिजिबल' हुनुभएको थिएन । महासंघका पूर्व महाप्रबन्धकहरु जसरी थापाको 'पावरफूल पब्लिक प्रेजेन्स' कही कतै नदेखिएको अभियानकर्मीहरुको समेत भनाइ छ । थापाको राजीनामा स्वीकृत भएसँगै अब महासंघको उच्च व्यवस्थापन नेतृत्वविहीन बनेको छ ।

अर्को एक स्रोतका अनुसार थापालाई महाप्रबन्धक बनाउन जो जो लाग्नुभएको थियो, उहाँहरुनै पनि कन्भिन्स्ड नभएसँगै थापाको राजीनामा आएको हो । यो परिस्थिति सृजना भएको थियो । 

तर, यी घटनाले महासंघलाई खासै असर नपर्ने केहीको तर्क छ । अब छनौट प्रक्रिया मार्फत 'हाइली क्वालिफाइड' व्यवस्थापन प्रमुख नियुक्त गर्ने र त्यसले अभियानलाई नै दिशाबोध गर्ने विश्वास सञ्चालकहरुको छ । 'कर्मचारीको आउने जाने प्रक्रिया चलिरहन्छ तर महासंघ सञ्चालक समिति थप सक्रिय भएर लाग्ने र कार्यविधि अनुसार नयाँ व्यवस्थापन प्रमुख छनौट प्रक्रियाका आधारमा 'म्यानेजमेन्ट लीडरशीप' नियुक्ति गरेर कामहरु अघि बढाउनलाई कुनै समस्या छैन, 'एक सञ्चालकले धिप्री डटकमसँग भन्नुभयो । 

यसअघि, जेठ १३ गतेमात्रै नायब महाप्रबन्धक बाबुल खनाल बाहिरिनुभएको थियो । राजीनामाको विषय २ महिना पूर्व जानकारी गराउनुपर्ने कार्यविधि अनुसार जेठ १३ गते खनालले पत्र बुझाएपनि उहाँको राजीनामा त्यसै दिनदेखि लागू हुने गरी स्वीकृत भएको थियो । महाप्रबन्धक थापाको राजीनामा स्वीकृति र नायब महाप्रबन्धक खनालको बहिर्गमनसँगै महासंघमा अब दुई नायब महाप्रबन्धक पद रिक्त भएको छ । साउन १ गतेबाट महाप्रबन्धक पद पनि रिक्त हुँदैछ । बरिष्ठताको आधारमा अब पहिलो नम्बरमा गोपीकृष्ण भण्डारी हुनुहुन्छ जो महाप्रबन्धकको अनुपस्थितिमा हाल कायम मुकायम हुनुहुन्छ ।

suresh-Thapa.jpg
undefined

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार