Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो । एक्कासि आएको बाढीले त्रिशूली नदीमा उहाँहरु फस्नुभएको थियो । नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि उहाँहरु रुखमा चढेर बस्नुभएको थियो । सिसौको रुखको आड लिएर उहाँहरु बस्नुभएको थियो । दुबै जनालाई नेपाली सेनाको टोलीले हेलिकप्टरबाट उद्धार गरेको हो । हावा र पानीको बहावका कारण उद्धारमा भने केही कठिनाइ भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार