Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त

सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत मुलुकमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थानको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको थियो।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षका लागि अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल र डा खगराज शर्माको नाम सिफारिस गरेको थियो । ३ जनामध्येबाट मन्त्रिपरिषद्को बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार