भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले नियमकीय निकायहरुले निर्देशन तथा मापदण्डमा एकरुपता ल्याई कार्यान्वयन तहमा ल्याउनु पर्ने जनाएको छ । सहकारी नियमनका विभिन्न निकायबाट विभिन्न समयमा विभिन्न किसिमका निर्देशन तथा मापदण्ड जारी गर्दा संघ संस्थाहरुमा अन्योल भएको भन्दै एकरुपताको आवश्यकतामा जोड दिएको हो ।
संघको आ.व.२०८१।०८२ को वार्षिक समीक्षा कार्यक्रममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले यस बर्ष सहकारीमा देखिएको विकृति नियन्त्रण गर्न नेपाल राष्ट बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी विभागले छुटाछुट्टै निर्देशन तथा मापदण्ड जारी गरेर मात्र नियमकीय दायित्व पूरा नहुने बताउनुभयो ।
उहाँले नियमकीय निकायहरुले निर्देशन तथा मापदण्डमा एकरुपता ल्याई कार्यान्वयन तहमा ल्याउनु पर्ने विचार राख्नुभयो । जारी निर्देशन तथा मापदण्डले अन्यौलता थप गर्ने भन्दा पनि स्पष्टता हुनुपर्नेमा त्यसो हुन नसक्दा सहकारी संस्थाहरु अन्यौलमा रहेको उहाँले बताउनुभयो । आफ्नो व्यक्तिगत बुझाईमा सहकारी निर्देशन तथा मापदण्डको व्याख्या गर्नुले सहकारीमा कार्यगत एकतामा समेत समस्या हुने भएकोले ऐनसंग भएका व्यवस्थालाई बढावा दिने गरी सहकारी मापदण्ड तथा निर्देशन जारी हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष हरिकृष्ण बल्लले समीक्षा संघको मात्र गर्ने होइन संघको समिति, उपसमितिमा बसेर के योगदान गर्न सके सोको पनि समीक्षा गर्नुपर्ने बताउनुभयो । संघका सचिव जगनाथ प्रजापतिले कार्यक्रम तथा तालिमको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघको उदेश्य प्राप्तीका लागि विभिन्न कार्यक्रम, गोष्ठी र तालिम गरेको कुरा बताउनुभयो ।
संघले बचत मात्र संकलन नगरी सहकारी अभियान अन्तर्गत बिभिन्न स्थानिय निकायसँग सहकार्य गरेको र अनुगमन तथा निरिक्षण कार्यलाई अगाडि बढाएको बताउनुभयो । आजको प्रविधिको युगमा संघले मोबाईल एप्स र DCMAS software को विकास सदस्य संस्थाहरुको रिपोर्टीङ र प्रशासनिक कार्यलाई टेवा पुर्याएको बताउदै उहाँले बताउनुभयो ।
संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०८१।०८२ मा असारमसान्तसम्ममा ३ अर्ब १९ करोडको वासलात बनाउन सफल भएको प्रतिवेदन पेश गर्नुभयो । जुन गत वर्षको तुलनामा ९ प्रतिशतको कमी र अनुमानमा ८४ प्रतिशतले प्रगति हासिल भएको बताउनुभयो । संघले यस बर्ष लेखापरिक्षण हुन पूर्व ३ करोड १२ लाख बचत(नाफा) गर्न सकेको आय व्यय प्रतिवेदन समेत वहाँले प्रस्तुत गर्नुभयो । । संघका लेखा सुपरिक्षण संयोजक बालमुकुण्ड उपाध्यायले सहकारीमा बाहिरी प्रभाव धेरै भएकोले वित्तीय व्यवस्थापन गर्न सकस हुनुको साथै कानुनी बहस पैरवीमा निरन्तर गरिरहनुपर्ने विचार राख्नुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघले सदस्य र संघको हितमा ऐन, निर्देशन र मापदण्ड जारी गराउन, संशोधन गराउनमा खेलेको भुमिका विषयमा प्रस्तुतीकरण गर्दै ऐन कानुनसम्मत मापदण्ड तथा निर्देशनहरुको पालना गरी सहकारी संचालनमा नै सहकारीको दिगोपना रहेको बताउनुभयो । उहाँले ऐनमा भएको व्यवस्थालाई संकुचित पार्ने गरी जारी निर्देशन र मापदण्ड समय अनुसार परिमार्जित हुने विचार पनि राख्नुभयो । उक्त कार्यक्रममा समिति, उपसमिति र कर्मचारी सहित ४० जनाको सहभागिता जनाएको छ । कार्यक्रमको उदघोषण संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com