काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित विश्व चर्चित हार्बर ब्रिजमा आइतबार प्यालेस्टाइनको समर्थनमा करिब १ लाख भन्दा बढी सहभागी प्रदर्शन भएको छ ।
न्यू साउथ वेल्स प्रहरी (एनएसडब्ल्यू) का अनुसार मुलुकको इतिहासकै यो सबैभन्दा ठूलो प्रदर्शनमध्येको एक हो । सर्वोच्च अदालतले प्रदर्शन नरोक्न आदेश दिएसँगै आयोजकहरुले यसलाई ऐतिहासिक उपलब्धि भनेका छन् । भारी वर्षाका बाबजूद हजारौं मानिसहरु प्रदर्शनमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रहरीले भीडमा च्यापिएर दुर्घटना हुने उच्च सम्भावना भन्दै हार्बर ब्रिजको उत्तरतर्फ जाने मार्ग बन्द गरिदिएको थियो । प्रदर्शन व्यवस्थापनबारे पत्रकार सम्मेलनमा एनएसडब्ल्यूका कार्यवाहक उप(आयुक्त पिटर म्याकेनाले भने, “हामीलाई कुनै बेला यस्तो डर लाग्यो कि ठूलो भीडका कारण दुर्घटना हुन सक्थ्यो । उत्तरतर्फका स्टेसन र सडक संरचना उक्त संख्यालाई सम्हाल्न सक्ने अवस्थामा थिएन ।”
प्यालेस्टाइन एक्शन ग्रुपले प्रहरीलाई दिएको ‘फर्म १’ निवेदनमा १० हजारभन्दा बढी प्रदर्शनकारी आउने अनुमान गरिएको थियो । म्याकेना भन्छन्, “हामीले त्यसको मूल्याङ्कन गर्न सक्दैनौं, तर अदालतले अनुमति दिएकोले हामीले त्यही अनुसार काम गर्यौं ।”
भिक्टोरियाको मेलबर्नमा पनि करिब ३ हजारभन्दा बढीले प्रदर्शन गरेका थिए । नेशनल लाइब्रेरीबाट सुरु भएको जुलुसलाई रोक्न पुलिसको बलियो उपस्थिति देखिएको थियो । किङ स्ट्रिट ब्रिज अवरुद्ध गरियो, तर कुनै गिरफ्तारी नभएको प्रहरीले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com