काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो ।
ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो ।
उक्त क्षेत्रको भाषा परीक्षामा पाँच हजार ३०० कोटा तोकिएको छ । जसमा तीन हजार ५०० उत्पादनमूलक क्षेत्र, एक हजार ८०० कृष तथा पशुपालन क्षेत्रको कोटा रहेको छ ।
एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछ । भाषा परीक्षाको उत्तीर्ण परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्तीर्ण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउनेछन् ।
१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैह्र कानूनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने योग्यता रहेका छन् ।
साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने परीक्षा काठमाडौँमा हुनेछ ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com