काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । एक कार्यक्रमकाबीच अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको गर्नुभएको छ ।
प्रदर्शनीमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक गरिनेछन्। यस वर्ष १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे र ५ वटा व्यवसायिक सवारी साधनहरू पहिलोपटक सार्वजनिक गरिने तयारी गरिएको छ।
प्रर्दशनी अवधिभर आगन्तुकलाई सहज र सुरक्षित बनाउन प्रायोजक कम्पनीहरुले विभिन्न सेवा सुविधाहरू उपलब्ध गराएका छन् । पठाओले भृकुटीमण्डप गन्तव्य राइडमा ३० प्रतिशत छुटको व्यवस्था गर्नेछ भने फ्रन्टलाइन हस्पिटलले चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा दिनेछ ।
‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुनेछ, जहाँ ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू सहभागी भएका छन् ।
टिकेटिङ पार्टनर खल्ती बाई आईएमई, वेभरेज पार्टनर माउण्टेन ड्यू, ब्रुइङ्ग पार्टनर हिमालयन जाभा, राइड पार्टनर पठाओ, सर्वेलेन्स पार्टनर एचआईके भिजन, कनेक्टिभिटी पार्टनर वर्ल्ड लिङ्क, हस्पिटालिटी पार्टनर सोल्टी होटल, मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनर एनसेल, र म्यानेजमेन्ट पार्टनर मिडिया स्पेस सोलुसन रहेका छन्।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com