Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कालीबाबाको महायज्ञमा सहभागी हुन भारतीय मन्त्री सोनोवाल नेपाल आउँदै

कालीबाबाको महायज्ञमा सहभागी हुन भारतीय मन्त्री सोनोवाल नेपाल आउँदै

काठमाडौं । कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रूद्रहवन महायज्ञमा सहभागी हुन भारतका जल परिवहन मन्त्री सर्वानन्द सोनोवाल आउनुहुने भएको छ । व्यस्त समयका बाबजुद कालीबाबाको संकल्पमा भइरहेको महत्त्वपूर्ण महायज्ञमा सहभागी हुन भारतीय मन्त्री काठमाडौं आउन लाग्नुभएको आयोजक समितिका संयोजक अशोक गौतमले जानकारी गराउनुभयो । कालीबाबाका भक्त सोनोवाल असमका मुख्यमन्त्री समेत भइसकेको व्यक्ति हुनुहुन्छ ।

मन्त्री सोनोवाल २३ गते शुक्रबार (८ तारिक) बिहानै काठमाडौं उत्रिने कार्यतालिका रहेको छ। नरेन्द्र मोदी क्याविनेटका १४ औं बरियतामा रहेका मन्त्री सोनोवल शुक्रबार एकाबिहानै काठमाडौं उत्रिएर त्यहिँ दिन फर्किने कार्यतालिका रहेको गौतमले बताउनुभयो ।

श्री १००८ महामण्डलेश्वर कृष्णानन्द परमहंस स्वामी कालीदास (कालीबाबा) को उपस्थितिमा पशुपतिको हंसमण्डमा श्री दशमहाविद्या रूद्रहवन महायज्ञ भइरहेको छ। दक्षिण एसिया तथा विश्वका विभिन्न मुलुकमा प्रसिद्धि कमाएका कालीबाबाको उपस्थितिमा १४ गते बुधबारदेखि सुरू भएको उक्त महायज्ञ २४ गते शनिबारसम्म चल्ने आयोजक संस्थाले जनाएको छ। उक्त महायज्ञमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेका प्रभावशाली मन्त्री सोनोवल काठमाडौं उत्रिन लाग्नुभएको हो । यता, कालीबाबा र भारतीय प्रधानमन्त्री मोदीबीच भने घनिष्ठ सम्बन्ध रहेको बेलाबखतका सञ्चारमाध्यमहरुका स्टोरी र तस्बिरहरुबाट पनि छर्लङ्ग हुँदै आएको छ ।

महायज्ञका क्रममा काली बाबाले गर्नुभएको खोर्सानी हवनको चर्चा अहिले चुलिएको छ । सोही कारण कालीबाबाको महायज्ञमा भक्तजनहरुको भीड बढेको आयोजकहरुले जनाएका छन् । यसैगरी ,धार्मिक अनुष्ठानमा सहभागी हुन कालीबाबा नेपालमा रहँदासमेत उहाँको नेपाल आगमन र यहाँ भैरहेका गतिविधिहरुले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ । यसो त उहाँ विगतमा नेपाल आउँदा समेत राजनीतिक भेटघाट हुने गरेको थियो । यो पटक पनि बाबाको संकल्पमा आयोजित महायज्ञमा दर्शन गर्न र आर्शीवाद लिन राजनीति, सामामजिक, न्याय, प्रशासन लगायतविविध क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु महायज्ञस्थल पुग्ने गरेका छन् ।

WhatsApp Image 2025-08-06 at 15.44.31_f55261b6.jpg
undefined

के हो दशमहाविद्या रुद्रहवन महायज्ञ ?

श्री १००८ स्वामी महामण्डलेश्वर कालीदास बाबाको संकल्पमा सञ्चालन भइरहेको ‘दशमहाविद्या रुद्रहवन महायज्ञ’ अहिले निकै चर्चामा रहेको छ। खुर्सानी हवनका नामले समेत चर्तित रहको उक्त महायज्ञ सुरू भएको बुधबार ८ दिन भएको छ। हंसमण्डपको मुख्य पण्डालमा भइरहेको उक्त महायज्ञमा सृष्टिको आदिशक्ति स्वरूप १० महाशक्तिहरू काली, तारा, त्रिपुरासुन्दरी, भुवनेश्वरी, छिन्नमस्ता, भैरवी, धूमावती, बगलामुखी, मातङ्गी र कमलाको आह्वानसहित वैदिक/तान्त्रिक विधिद्वारा पूजा/साधना भइरहेको छ। रूद्रहवनस् रूद्ररूप शिवको श्रीरूद्रम्, चामकम् र महामृत्युन्जय मन्त्रको अग्निमार्फत् सहश्र आहुतिसहित आह्वान हो। उक्त महायज्ञमा सरिक हुन भारतीय प्रभावशाली मन्त्री नेपाल आउन लाग्नुभएको हो ।

WhatsApp Image 2025-08-06 at 15.18.09_a3a27650.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार