काठमाडौं । चाबहिल मुख्य कार्यालय रहेको गुडविल बचत तथा ऋण सहकारी संस्था लि। ले सदस्यहरुको विश्वासकै कारण वित्तीय सफलता एवम् संस्थागत वृद्धि हासिल गरेको जनाएको छ । आज आफ्नो १७औं वार्षिकोत्सव मनाइरहेको समुदायमा आधारित साकोसले प्रतिवद्धता जारी गर्दै आगामी दिनमा पनि सदस्यहरुको साथ, सहयोग र सद्भावको बलमा उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास दिलाएको छ ।
अध्यक्ष निमदोर्जी शेर्पा तथा प्रमुख कार्यकारी अधिकृत निर बहादुर सुनुवारका तर्फबाट जारी प्रतिबद्धतामा भनिएको छ, 'वर्तमान अवस्थामा केही सहकारीमा देखिएका आर्थिक अनियमितताले यस क्षेत्रप्रतिको विद्यमान प्रतिकुल अवस्थामा पनि संस्थामा आवद्ध सदस्यज्युहरुको संस्थाप्रतिको साथ, सहयोग, विश्वास एवं भरोसाका कारण निरन्तर रुपमा गुणस्तरीय सेवा प्रवाह गर्न सफल भएका छौ ।’
यस्तै अगाडि भनिएको छ, ‘यस अवधिमा संस्थाले प्राप्त गरेको वित्तीय सुचांक लगायत अन्य सफलतालाई सदस्यहरुको माया अनि विश्वासका रुपमा लिएका छौ । आगामी दिनमा पनि सदस्यहरुबाट यस्तै साथ, सहयोग र सदभावको अपेक्षा गर्दै संस्थाले प्रदान गर्ने सेवामा अझ गुणस्तरीय, आधुनिक, दिगो एवं विश्वसनीयतामा वृद्धि गर्दै उत्कृष्ट सेवा दिने प्रतिवद्धता व्यक्त गर्दछौ ।’
गुडविल साकोसले सफलतापुर्वक अठार वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका सम्पुर्ण शेयर सदस्य, शुभेच्छुक लगायत सबै सरोकारवालाहरुप्रति कृतज्ञता समेत व्यक्त गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com