Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
जुत्ता राख्ने १ हजार झोला हस्तान्तरण

चन्द्रागिरि साकोसको उदाहरणीय कार्य

चन्द्रागिरि साकोसको उदाहरणीय कार्य

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै संस्कृति संरक्षणको लागि उदाहरणीय कार्य गरेको छ । आफूलाई विविध सामाजिक उत्तरदायित्वका काममा संलग्न गराउँदै आएको काठमाडौंको चन्द्रागिरि नगरपालिका ७ थानकोट मुख्य कार्यालय रहेको साकोसले आज श्रावण २९ गते पशुपति क्षेत्र विकास कोषलाई पशुपति दर्शनार्थीहरुको सहजताका लागि १ हजार थान झोला हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा साकोसका लेखा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकाल, सञ्चालक समितिका सदस्य रुपाथापा मगर र सहायक शाखा अधिकृत सुदन भण्डारी सहभागी हुनु भएको साकोसले जनाएको छ । 

उक्त झोलाहरु पशुपति विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदी मार्फत कोषलाई हस्तान्तरण गरिएको थियो । सामाजिक उत्तर दायित्वसम्बन्धी वार्षिक कार्यक्रमहरु मध्ये एक कार्यक्रमको रुपमा चन्द्रागिरि साकोसद्वारा पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्यहरु माननीय जयन्ती देवी राई, माननीय गरिमा शाह र पशुपति विकास कोषका सदस्य सचिव सुभाष चन्द्र जोशीको विशेष उपस्थिति रहेको थियो । 

संस्थाका सञ्चालक समिति सदस्य रुपा थापा मगरले स्वागत तथा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा माननीय जयन्ती भट्टराईले चन्द्रागिरि साकोसले गरेको कार्यक्रमहरुले र यसका सेवाहरुले संस्थाको परिचय झल्काएको र विगतदेखि आफु चन्द्रागिरि साकोसको कार्यक्रमहरुबाट प्रभावित भएको विचार व्यक्त गर्नुभयो । पशुपति विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीले यस अघि पनि चन्द्रागिरि साकोसले झोला हस्तान्तरण गरेको स्मरण गर्दै यस कृयाकलापलाई निरन्तरता दिनको अनुरोध गर्नुभयो ।

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालले पशुपतिनाथको गरिमाको चर्चा गर्दै पशुपतिनाथ र थानकोटको गोपालीहरुको विचमा रहेको प्राचीन सम्बन्धको बारेमा समेत स्मरण गर्नुभयो । उक्त कार्यक्रममा समाजसेवी एलपी श्रेष्ठ, पशुपति विकास कोषका सचिव सूर्य भात, जयकाली साकोसकी अध्यक्ष प्रेमा चौलागाई, संस्थाका सहायक शाखा अधिकृत सुदन भण्डारी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

532250369_2294485707662106_4989915228093519507_n.jpg
१ हजार थान झोला हस्तान्तरण
532450636_2294485744328769_1184995500841890970_n.jpg
१ हजार थान झोला हस्तान्तरण

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार