Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
श्रीकृष्णजन्माष्टमीको शुभकामना

'श्रीकृष्णको जीवन दर्शनले मानव जातिलाई सधैं धर्ममार्गमा प्रेरित गर्दै आएको'

'श्रीकृष्णको जीवन दर्शनले मानव जातिलाई सधैं धर्ममार्गमा प्रेरित गर्दै आएको'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भगवान् श्रीकृष्णको जीवन दर्शनले मानव जातिलाई सधैं धर्ममार्गमा लाग्न प्रेरणा दिएको बताउनुभएको छ । श्रीकृष्णजन्माष्टमीको अवसरमा शुभकामना दिदैं उहाँले श्रीकृष्ण भगवान् सत्य धर्म र न्यायको प्रतीक भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिदैं मन्त्री पाण्डेले भन्नुभएको छ,'यस पावन अवसरमा, सबैमा सद्भाव, मैत्री, सहिष्णुता र प्रेमको भावना फैलियोस्, समाजमा सत्य र धर्मको जय होस् भन्ने कामना गर्दछु ।'

'गोकुल नाथाय नमः'  केवल आठ अक्षरको यस मन्त्रको जापले भगवान् श्रीकृष्णसँगको आत्मीयता र निकटता बढ्छ भन्ने धार्मिक विश्वास रहेको छ, 'मन्त्री पाण्डेले भन्नुभएको छ,'आजको पवित्र दिन, भगवान् श्रीकृष्णको जन्मोत्सव९जन्माष्टमी० संसारभरका हिन्दु धर्मावलम्बी र कृष्णभक्तहरूले श्रद्धा, भक्ति र उल्लासपूर्वक मनाइरहेका छन्। प्रेम, सत्य, धर्म र न्यायका प्रतीक श्रीकृष्णको जीवन दर्शनले मानव जातिलाई सधैं धर्ममार्गमा प्रेरित गर्दै आएको छ।

मुरलीको मधुर धुन, मयूरपंखी मुकुट, गोपिनीहरूको स्नेह र गोकुलको रमाइलो वातावरण-यी सबै स्मृतिहरूले कृष्णको लीलामय चरित्रलाई झनै उजागर गर्छन्। श्रीकृष्ण जन्माष्टमीको यस पावन अवसरमा, सबैमा सद्भाव, मैत्री, सहिष्णुता र प्रेमको भावना फैलियोस्, समाजमा सत्य र धर्मको जय होस् भन्ने कामना गर्दछु।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार