Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

थारु समुदायमा आज र भोलि अष्टिम्की पर्व मनाइँदै

थारु समुदायमा आज र भोलि अष्टिम्की पर्व मनाइँदै

काठमाडौं । थारु समुदायमा आज अष्टिम्की पर्व मनाइँदै छ । श्रीकृष्ण जन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने प्रचलन छ ।

यो पर्वमा विशेषगरी महिला दिदीबहिनीहरू दिनभरि पानीसमेत नखाइ निराहार व्रत बस्ने गर्दछन् ।  व्रतालुहरू साँझपख नुहाइ–धुवाइ गरी घरको भित्ता वा डेहरी (अन्न राख्ने माटोको भकारी) मा परम्परागत तरिकाले बनाइएको अष्टिम्कीमा पूजासहित टीका लगाएर फलफूल, पानी खाने गरिन्छ । यसलाई अष्टिम्की टिक्ना भनिन्छ ।

पर्वको दोस्रो दिन व्रतालुले नदी खोलामा गएर सामूहिक रूपमा अष्टिम्की सेलाउने गर्छन् । अष्टिम्की सेलाएपछि मात्र पूजाआजा गरेर उनीहरूले भातसहित खरिया, फुलौरीलगायत विभिन्न परिकार खाने गरेका छन् । यसलाई फल्हार भन्ने गरिएको थारु अगुवाहरूको भनाइ छ । फल्हारको दिन व्रतालुले खानाका सबै परिकार एक भाग निकालेर मात्र खाने गर्छन् । 

यसरी निकालेर राखेको भागलाई उपहारको रूपमा आफ्नो विवाहित छोरीचेलीलाई अग्रासन ९उपहार० को रूपमा दिने चलन छ । माइती पक्षको अग्रासन पाएपछि विवाहित छोरीचेली खुसी हुनेगरेको बताइन्छ ।  

विवाहित महिलाले आफ्नो पतिको दीर्घायु र अविवाहितले राम्रो पति पाउनका लागि अष्टिम्कीको व्रत बस्ने गरेको कथन छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार