Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

१७औँ संस्करणको नाडा अटो शो शुरु

१७औँ संस्करणको नाडा अटो शो शुरु

काठमाडौं । १७औँ संस्करणको नाडा अटो शो २०२५ आज ९मंगलबार०देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने अटो शोको उद्घाटन पहिलोपटक यो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । अघिल्ला संस्करणमा भने अर्थमन्त्री वा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले उद्घाटन गर्दै आउनुभएको थियो ।

छ दिनसम्म चल्ने अटो शोमा यसपटक प्रविधि, भविष्यका सवारीसाधन र ऐतिहासिक गाडीहरू प्रदर्शनीमा रहनेछन्। नाडा अध्यक्ष करण चौधरीको संयोजनमा आयोजना हुँदै आएको यो शोलाई यसपटक अझ व्यवस्थित र आकर्षक बनाउने तयारी गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार