काठमाडौं : नवलपारासीको गैंडाकोट स्थित विकू बचत तथा ऋण सहकारी संस्थाले ‘विकू डिजिटल पार्क’ एप सार्वजनिक गरेको छ । संस्थाले विद्यार्थीहरुलाई लक्षित गरी रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलहरू समावेश गरी एप निर्माण गरेको हो ।
संस्थाको ३५औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित समारोहमा एसियाली ऋण महासंघकी प्रमुख. कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के (लेनी) ले उक्त एप सार्वजनिक गर्नुभएको हो ।
‘विकू डिजिटल पार्क’ रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलहरूको एउटा उत्कृष्ट गन्तव्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी गराउनुभयो ।
‘विशेष गरी यो शैक्षिक गेम हो । एपमा क्विज, आवज चिन्ने, तस्बिर चिन्ने, पज्जल गेमहरु समावेश छन् । एपले बालबालिकाहरुलाई अभिभावगसँग समेत साक्षत्कार गराउँदछ’, पौडेलले भन्नुभयो, ‘अहिले एनड्रोइडमा मात्र उपलब्ध छ । केही समयपछि आईओएसमा समेत उपलब्ध हुन्छ ।’
विकूले एपलाई बिटम्याप आई.टी. सोलुसन प्रा.लि.सँग सहकार्य गरी निमार्ण गरेको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com