काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी । भदौ महिनाको शुक्लपक्ष एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिन्छ। यस एकादशीको व्रतले अतुलनीय पुण्य दिने मान्यता रहँदै आएको छ ।
हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ ।
आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान बिष्णुले निन्द्रा अवस्थामा कोल्टेफेरेको दिन भएकाले यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो । शेषनागको पिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान विष्णुको आज पूजा गरिन्छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुने विश्वास छ ।
त्रेतायुगमा विरोचन नामक दैत्यका छोरा बलि विष्णु भगवानको परम भक्त थिए । तर उनले ईन्द्रसित पुर्वाग्रहरहेका कारण ईन्द्रलोक तथा सम्पूर्ण देवताहरूलाई पराजित गरेका थिए । बृहस्पति सहित ईन्द्रादी देवता बिष्णु समिप पुगी वेद मन्त्रद्वारा स्तुति गर्न थालेपछि बलिबाट देवगणलाई मुक्त गराउन बिष्णुले आफ्नो पाँचौं अवतारका रुपमा वामन रूप धारण गरेर, तेजस्वी बलिसँग आफ्नो पाईताला राख्न तीन पाइला भूमिको याचना गरेको शास्त्रमा उल्लेख छ । महाबलीले ती तीन पाइला जमीन आफ्नालागि अत्यन्तै सानो याचना ठानेर तीन पाइला भूमि दान दिने संकल्प गरेका थिए ।
तर बिष्णुले आफ्नो त्रिविक्रम रूपलाई फैलाएर भूलोकमा पद, भुवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, महस्लोकमा पेट,जनलोकमा हृदय, यमलोकमा कण्ठ, सत्यलोकमा मुख राखेको र दोश्रो पद स्वर्गलोकमा राखेको उल्लेख छ । अब तेस्रो पदकहाँ राखुँ भनेर बलिलाई सोध्दा बलिले बाचा स्वरुप आफ्नो शिर झुकाए र बिष्णुलेआफ्नो तेश्रो पद उनको टाउकामा राखेर मर्त्यलोक पाताल पुर्याईदिएको कथन छ । बिष्णुभक्त बलिले पाताललोकमा पनि बिष्णुसंगै रहने याचना गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा बिष्णु स्वरुप रहेको पौराणिक कथा अनुसार हरिपरिवर्तिनी एकादशीको मान्यता स्थापित हुन पुगेको मान्यता छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com