Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

साझा यातायातका पूर्व कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रम

साझा यातायातका पूर्व कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौं । साझा यातायात पूर्व कर्मचारीहरुले संघारमै आएको नेपालीहरुको महान चाड दशैं तिहार तथा नेपाल नेपाल संवतको अवसर पारेर शुभकामना आदानप्रदान गरेका छन् । ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाइट पार्टी भेन्युमा भदौ २१ गते शनिबार पूर्व कर्मचारहिरुले शुभकामना आदानप्रदान गरेका हुन् । संस्था साझा यातायातबाट अवकास प्राप्त कर्मचारीहरुले २०८१ साल पुष २० गते स्थापना गरेका थिए ।

साझाबाट अवकास प्राप्त कर्मचारीहरुको लागि संस्था मिलन केन्द्र रहेको र जीवनको उत्तरार्धमा सवैको साझा चौतारी बन्ने सदस्यहरुले बताएका छन् । साझा यातायातका पूर्व कर्मचारीहरुको साझा चौतारीका रुपमा संस्थाले काम गरिरहेको र संस्था पूर्व कर्मचारीहरुको हितकालागि एकता, वर्तमान र भविश्यको आवश्यकता भन्ने नारा तय गरिएको संस्थाका सचिव श्याम सिग्देलले बताउनुभयो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार मुकुन्दराज सत्यालको प्रमुख आतिथ्यता रहेको थियो । संस्थामा साझा यातायातबाट निवृत भएका ११९ जना सदस्य रहेको जनाइएको छ । संस्थाले कोष स्थापना गरेर कोष मार्फत सदस्यको सुख दुखमा सहयोग गर्ने, सदस्यलाई भइपरी आउँदा सहयोग गर्ने जनाइएको छ ।

संस्थाले अहिलेसम्म सदस्यलाई १ लाख ५० हजार विभिन्न समयमा सहयोग गरिसकेको र कोषमा २ लाख माथि रकम रहेको जनाइएको छ । संस्थामा सदस्यले स्वतस्फूर्त रुपमा सहयोग गर्न सकिने र सदस्यताका लागि भने वर्षको एक हजार दुईसय रकम जम्मा गर्नुपर्ने जनाइएको छ । कार्यक्रममा सल्लाहकार, मधुसुदन सेढाइ, कृष्ण मुरारी ढकाल, रुक बहादुर गुरुङलगायत सदस्यहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । 

 

sajha 1.JPG
शुभकामना आदानप्रदान कार्यक्रम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार