Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपाल टेलिकमले ३ दिनसम्म निःशुल्क डाटा र भ्वाइस सुविधा उपलब्ध गराउने

नेपाल टेलिकमले ३ दिनसम्म निःशुल्क डाटा र भ्वाइस सुविधा उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमले देशमा उत्पन्न विषम परिस्थितिमा सम्पर्क सहज बनाउन ग्राहकहरुलाई विशेष सुविधा दिने घोषणा गरेको छ। टेलिकमले तीन दिनका लागि डाटा तथा भ्वाइस प्याकेज निःशुल्क उपलब्ध गराउने जनाएको छ।

नेपाल टेलिकमका अनुसार ग्राहकहरूले निःशुल्क डाटा सुविधा लिन 141583# डायल गर्नुपर्नेछ भने भ्वाइस सुविधा लिन 141587# डायल गर्न सकिनेछ।

कम्पनीले विदेशमा रहेका नेपाली वा देशभित्रै आफन्तजनसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यो सुविधा प्रदान गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार