Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

खुकुलो बनाइँदै निषेधाज्ञा र कर्फ्यु

खुकुलो बनाइँदै निषेधाज्ञा र कर्फ्यु

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु केही खुकुलो बनाउँदै लानेभएको छ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार सूचना प्रकाशित गरी कर्फ्युको समय घटाएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको’ सेनाले जनाएको छ।

सो अनुसार अत्यावश्यक कार्यको लागि भदौ २६ गते विहान ६ बजेदेखि १० बजेसम्म तथा बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ।

सेनाले भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

546416372_1177764494385445_4373752734428760001_n.jpg
सूचना
544981075_1177764574385437_649830765281344006_n.jpg
सूचना

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार