काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनसम्म २०.४ महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउन मसान्तसम्म २८ खर्ब ६ अर्ब चार करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड बराबरको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।
साउन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने अनुमान राष्ट्र बैंकको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति साउन मसान्तमा ४.० प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग दुई खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com