Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सहकारी सामाजिक उत्तरदायित्व

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीद्वारा जिल्ला प्रहरी कार्यालय कास्कीलाई सहयोग

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीद्वारा जिल्ला प्रहरी कार्यालय कास्कीलाई सहयोग

कास्की । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनी पछिको विषम परिस्थितिमा सुरक्षा चुनौती बढेपछि कोअपरेटिभ म्यानेजर्स क्लब कास्की (CMC Kaski) ले सहकारी अभियानको तर्फबाट शान्तिसुरक्षाको पहल शुरु गरेको छ । प्रहरीहरू नै तितरबितर भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेकाले चोरी तथा लुटपाटको जोखिम बढेपछि प्रहरीलाई पुनर्स्थापित गर्ने अभियानप्रति सीमएमसी कास्कीले तदारुकता देखाएको हो । 

'व्यवस्थापकहरुको क्षमता: सहकारी संस्थामा एकरुपता' भन्ने मुल नाराका साथ गठित नेपालकै पहिलो कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कास्कीलाई सहयोग हस्तान्तरण गरेको छ ।

547588163_1893381537876331_6677362472977517593_n.jpg
सहयोग हस्तान्तरण कार्यक्रम

सुरुवाती चरणमा कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आफ्नो समेतको योगदान र समन्वयमा पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि., सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लि., लेखनाथ सामुदायीक बचत तथा ऋण सहकारी संस्था लि., पिपल्स बचत तथा ऋण सहकारी संस्था लि. र घामपानी बचत तथा ऋण सहकारी संस्था लि. बाट १ वटा कम्प्यूटर सेट, ६ वटा मोनिटर, १ वटा थ्रि इन वान प्रिन्टर, २ वटा टेबल, ३ वटा कुर्चि, १ वटा थ्रि सिटर कुर्चि, २ वटा बक्स बेन्च लगाएतका सामाग्री जम्मा गरी क्लबका अध्यक्ष मोहन प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालयका प्र.स.ह. माधव प्रसाद खनाललाई सहयोग हस्तान्तरण गरेका छन्। साथै उन्नती बचत तथा ऋण सहकारी संस्था लि. बाट क्षतिग्रस्त भवनका केही झ्याल ढोका पुनःनिर्माण कार्य गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

549655244_1893381317876353_3276630451524338092_n.jpg
सहयोग हस्तान्तरण कार्यक्रम

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले यसै दुःखद घटनाबाट प्रभावित प्रति गहिरो समवेदना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक सहयोग हस्तान्तरण गरेको हो । अध्यक्ष अधिकारीले यस कदमले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे । ‘समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने प्रहरीप्रति सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो। साथै कास्की जिल्ला स्थित सहकारी संस्थाहरुलाई आवश्यक सामाग्रीहरु र पुर्नसंरचनामा साथ दिन सम्पुर्ण सहकारी संस्थाहरुलाई अध्यक्ष अधिकारीले अपिल गरे।

547721668_1893381377876347_2676846589197699182_n.jpg
सहयोग हस्तान्तरण कार्यक्रम

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिपक बास्तोला, कास्की बचत तथा ऋण संघ लि. का अध्यक्ष शेरबहादुर कार्की, नेफ्स्कूनका पूर्व सञ्चालक एवम् पोखरा रोयल सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ, कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका संस्थापक अध्यक्ष मिलन ढकाल, निवर्तमान अध्यक्ष अपिल कोईराला, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख रुक्मत श्रेष्ठ, सम्बन्धित सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगाएत CMC कास्कीको कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

547942481_1893381467876338_1656998739698015155_n.jpg
सहयोग गरिएको सामाग्री

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार