Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

शनिश्चरे साकोसले नियामकीय निर्देशनहरु पालना गर्दै सम्पन्न गर्यो २४ औं वार्षिक साधारणसभा

शनिश्चरे साकोसले नियामकीय निर्देशनहरु पालना गर्दै सम्पन्न गर्यो २४ औं वार्षिक साधारणसभा

काठमाडौं । पथरी शनिश्चरेस्थित शनिश्चरे बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं वार्षिक साधारणसभा अतिथि (गैरसदस्य) रहित एवम् मितव्ययी ढंगले अन्य अतिरिक्त कार्यक्रमहरु बिनै  सम्पन्न गरिएको छ । गत भदौ १७ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारीहरुका लागि जारी गरेको साधारणसभा सञ्चालनसम्बन्धी निर्देशनको पालना गर्दै शनिश्चरे साकोसले आफ्नो २४औं वार्षिक साधारणसभा असोज ४ गते शनिबार सम्पन्न गरेको हो ।

7767866e-3967-4ff3-af2b-ba22b653503c.jpg
जेष्ठ सदस्यहरुद्वारा साधारणसभा उद्घाटन

शनिश्चरे साकोसले विगत एक दशक अघि देखि नै यसै प्रकारको तामझाम तथा गैरसदस्यरहित साधारणसभा गर्दै आएको जनाएको छ । साधारणसभाको उद्घाटन साकोसका जेष्ठ सदस्यहरुद्वारा गरिएको थियो भने त्यसपछि कार्यसूची अनुरुप प्रतिवेदनहरु, वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गरी छलफल द्वारा निर्णयमा पुग्ने कार्य गरिएको थियो ।

जिल्ला बचत संघ मोरङको वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका उक्त साकोसका सदस्य एकराज निरौलाले सञ्चालकको कार्य सूची अनुसार सभामा उपस्थित सदस्यहरु लगायतलाई सहकारीसम्वद्ध एवम् समसामयिक विषयहरु समेटेर दिगो साकोस सञ्चालनसम्बन्धी प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।

f68408d6-31b1-41e0-90e3-2f4f67829745.jpg
जिल्ला बचत संघ मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौला

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार