काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । उक्त विधि आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेले जनाएको छ । अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । गत चैत ७ गतेबाट भारित औसत गणना विधि लागु भएको थियो ।
२:४५ बजेदेखि ३ बजेसम्म कारोबार भएका सबै सेयरको भारित औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो । यसले अधिकांश दिन बजार थप घटाएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए । साथै यसअघि भारित औसत गणनाका क्रममा त्रुटि समेत पाइएको थियो । नेप्सेको प्रविधि अटोमेटेड र स्तरीय नभएकाले अहिले भारित औसत गणना विधि हटाउनुपर्ने माग ब्रोकरले पनि गर्दै आएका थिए ।
साउन १२ गते बजार बन्द भएपछि भारित औसत मूल्य गणनापछि नेप्से २ अंक घटेको देखियो । जबकि भारित औसत मूल्य गणनाअघि १० अंक बढेको थियो । त्यतिबेला भारित औसत गणनामा प्राविधिक त्रुटि भएको भन्दै नेप्सेले क्षमायाचनासहित अंक सच्यायो । अन्ततः भारित औसत गणनाको त्रुटि सच्याएपछि नेप्से ७ अंक बढ्न पुगेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com