काठमाडौं । अर्थ मन्त्रालयले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचना पुनर्निर्माणमा सहयोग गर्न अनुरोध गरेको छ। असोज ५ को मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गर्दै आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माण र आर्थिक पुनरुत्थान कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको थियो। भौतिक संरचना पुनर्निर्माण समिति (गठन) आदेश २०८२ जारी भएसँगै सरकारले सबैलाई यस्तो अनुरोध गरेको हो।
अर्थमन्त्रालयका सहसचिव एवम् प्रवक्ता टङ्कप्रसाद पाण्डेयले विज्ञप्ति सार्वजनिक गर्दै कोषमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको हो ।
राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखामा रहेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नम्बर १९६०१००१०२०७०००४ मा योगदान गर्न अनुरोध गरिएको छ। मन्त्रालयको विज्ञप्तिमा बैँक खाताको विवरणसहित क्युआरसमेत दिइएको छ।
राष्ट्र पुनर्निर्माणको यस महान अभियानमा सबैले अमूल्य योगदान पुर्याई ऐक्यबद्धता जनाउन सरकारले अपिल गरेको छ। कोषमा गरिएको आर्थिक सहयोग योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणनामा खर्च कट्टी गर्न सकिने व्यवस्था पनि गरिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com