काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ, २०८२ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल तथा उपराष्ट्रपति रामसहायप्रसाद यादवलेले शुभकामना व्यक्त गर्नुभएको छ । पौडेलले आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिको कामनासमेत व्यक्त गर्नुभएको छ ।
दसैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भन्नुभएको छ, “बडादसैँ, २०८२ ले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा विकास गर्न सकोस् भन्ने कामना गर्दछु ।”
यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि विजयादशमी, २०८२ को शुभकामना व्यक्त गर्दै हाम्रा पर्वहरूले परम्परागत मूल्यमान्यता, जीवनशैली र सामाजिक सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्रिय पहिचान तथा एकतालाई अझ सशक्त बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।
साथै मुलुकमा उत्पन्न भएको विषम तथा असाधारण परिस्थिति एवं मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्न सबै प्रकृतिका समस्याको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि जुट्न राष्ट्रपति पौडेलले आग्रह गर्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com