Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
असोज शुक्ल पक्ष एकादशी

हिजो नभ्याउनेहरू आज आशीर्वाद थाप्दै

हिजो नभ्याउनेहरू आज आशीर्वाद थाप्दै

काठमाडौं । दसैँको टीकाको दोस्रो दिन आज असोज शुक्ल पक्षको एकादशी  । हिजो मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाहरूले आज टीका र जमरासहित आशीर्वाद थाप्ने चलन छ । दसैँको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाइन्छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । 

आजदेखि विशेषगरी माइती, मावली, ससुरालीलगायतमा टीका थाप्न जाने चलन छ ।  असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँ आफन्तसँगको भेटघाटका दृष्टिमा पनि उत्तिकै महत्त्वपूर्ण पर्व हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कहीकतै र कसैकसैले विजया दशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन रहेको छ जसलाई अन्यथा लिन हुँदैन ।

ुपूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छ । पश्चिम नेपालका कैयौँ ठाउँहरूमा दुर्गा विसर्जन गरेको एक दिनमात्रै टीका ग्रहण गर्ने प्रचलन छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार