काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले आज साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२/८३ मा २ दशमलव १ प्रतिशत र त्यसपछिको वर्ष २०८३/८४ मा ४ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो । भर्खरै भएको जेनजी आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै विश्व बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकले यसअघि चालू आर्थिक वर्षमा ५ दशमलव २ र त्यसपछिको वर्षमा ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हुने आँकलन गरेको थियो तर पछिल्लो घटनाक्रमपछि बैंकले त्यसलाई घटाएको हो ।
पछिल्ला आन्दोलनलाई विश्व बैंकले शासन प्रणालीप्रतिको असन्तुष्टि र देशभित्र अवसरको अभावका रूपमा अर्थ्याएको छ । देशमा बढेको भष्ट्राचार, व्यावसायिक वातावरण बन्न नसक्दा छिमेकी देशमा जस्तै नेपालमा विकास हुन नसकेको विश्व बैंकको ठहर रहेको छ ।
प्रतिवेदनले विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति र कृत्रिम बुद्धिमत्ता अर्थात् (एआई) जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई प्रमुख जोखिमका रूपमा देखाएको छ ।
विश्व बैंकका अनुसार सेवा क्षेत्रमा भने तुलनात्मक रूपमा कम शुल्क भएका कारण विगत दशकमा रोजगारीको तीन चौथाइ वृद्धि भएको छ । यस्तै चरणबद्ध रूपमा शुल्क घटाएर व्यापार सम्झौता विस्तार गर्न सके निजी लगानी र रोजगारी दुवै बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकका अनुसार दक्षिण एशियाको आर्थिक वृद्धि यस वर्ष ६ दशमलव ६ प्रतिशत हुनेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com