Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

बीबीसीका महानिर्देशक र समाचार प्रमुखद्वारा राजीनामा, ट्रम्पको भाषणको अंश काटेको स्वीकार

बीबीसीका महानिर्देशक र समाचार प्रमुखद्वारा राजीनामा, ट्रम्पको भाषणको अंश काटेको स्वीकार

एजेन्सी । विश्वकै लोकप्रिय बेलायती सरकारी सञ्चार संस्था बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले एकैदिन एउटै घटनालाई लिएर राजीनामा दिएका छन्। उनीहरुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसम्बन्धी वृत्तचित्रमा उनको भाषणको अंश काटेर गलत तरिकाले प्रस्तुत गरेको आरोपमा आइतबार पदबाट राजीनामा दिएका हुन्। बीबीसीका महानिर्देशक र समाचार प्रमुखले एकै दिन राजीनामा दिएको यो पहिलो घटना भएको भन्दै बीबीसीले यस्तो विरलै हुने समेत जनाएको छ ।

बीबीसीका अनुसार सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकाको संसद् भवन (क्यापिटल) मा हमला गर्नुअघि ट्रम्पले एउटा भाषण दिएका थिए। त्यसै सम्बन्धमा बीबीसीले निर्माण गरेको एउटा वृतचित्रमा उक्त भाषणको एउटा महत्त्वपूर्ण अंश हटाइएको आरोप छ।

आलोचकहरूका अनुसार बीबीसीले ट्रम्पले आफ्ना समर्थकलाई शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्न भनेको अंश हटाइदिएको थियो, जसले गर्दा भ्रम सिर्जना भयो। 

राजीनामा दिँदै महानिर्देशक टिम डेभीले केही गल्ती भएको स्वीकार्दै आफूले अन्तिम जिम्मेवारी लिने बताए । विगत ५ वर्षदेखि जिम्मेवारीमा रहेका उनमाथि पक्षधरताको आरोप लाग्दै आएको थियो । त्यस्तै, समाचार प्रमुख डेबोरा टर्नेसले पनि विवादले बीबीसीलाई नोक्सान पुर्‍याएकाले आफूले पद छाडेको बताइन् । 

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले टिम र डेबोराको राजीनामाको घटनाको स्वागत गरेका छन् ।

Tim-davie-_deborah-_turness_72Uqn52dSG.png
महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार