काठमाडौं । जेनजी आन्दोलनका शहीदहरुको सम्झनामा पशुपति क्षेत्र विकास कोषले दीप प्रज्वलन गर्ने भएको छ । कोषले सूचना जारी गरी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नेपाल सरकारबाट शहीद घोषणा गरिएकाहरुको सम्झनामा कोषले बाला चतुर्दशीको अवसर पारेर भोलि अर्थात् मंसिर २ गते राती दीप प्रज्जवल गरिने भन्दै शहीद परिवारलाई सम्पर्क गर्न सूचित गरेको छ ।
यसैबीच, काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर १ गतेदेखि ३ गतेसम्म पशुपति र आसपासका क्षेत्रमा मदिरा र मदिराजन्य पदार्थ बेच्न निषेध गरेको छ।
काठमाडौँ प्रशासनले बुधबार सूचना जारी गर्दै बालाचतुदर्शीका कारण मंसिर १ गतेदेखि ३ गतेसम्म पशुपति र आसपासका क्षेत्रमा मदिरा र मदिराजन्य पदार्थ बेच्न रोक लगाएको हो। यो वर्ष पर्सि बुधबार बालाचतुदर्शी परेको छ । बालाचतुर्दशी अर्थात् मंसिर कृष्ण चर्तुदशीका दिन मृत्यूवरण गरेका पितृहरुको मोक्ष यात्राका लागि महत्वपूर्ण दिन मानिन्छ।
उक्त दिन विभिन्न शक्तिपीठ र त्रिवेणी धामहरुमा शतवीज छर्ने तिर्थालुहरुको घुईँचो लाग्दछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com