भारतीय अभिनेत्री ऐश्वर्या राय वच्चनले आफू सत्य साई बाबाको जीवनबाट अभिप्रेरित भएको बताएकी छिन् । सत्य साई बाबाको जन्म शताब्दीका अवसरमा हिजो पुट्टवर्तीमा आयोजित विशाल सभामा बोल्दै उनले साई बाबाको जीवन आफ्ना लागि पनि प्रेरणा भएको उल्लेख गरिन् ।
उनले साँचो लीडरशीप भनेको सेवा हो भन्ने साई बाबाको दिव्योपदेश स्मरण गर्दै भनिन्, 'मानव सेवा नै भगवान सेवा हो ।' उनले साई बाबाका यस्ता उपदेश र दिव्यवाणीहरु आफ्नो मुटुको समीप रहने गरेको बताइन् । ती उपदेशहरुलाई जीवनमा कार्यान्वयन गर्न आफू उद्दत रहेको पनि उनले बताइन् ।
एकपटकको बालविकासको विद्यार्थी सधैंको बालविकासको विद्यार्थी रहने पनि उनले बताइन् । बाल बिकास भन्नाले सन् १९६९ मा साई बाबाले शुरु गर्नुभएको आध्यात्मिक, नैतिक तथा शैक्षिक कार्यक्रम हो जसलाई श्री सत्य साई स्पिरिचुअल एजुकेशन पनि भनिन्छ, ।साईबाबाका अनुसार उद्देश्यप्रेरित, आध्यात्मिक र अर्थपूर्ण जीवनका लागि डिसिप्लिन (अनुशासन), डेडिकेशन (समर्पण), डिभोसन (भक्ति), डिटरमिनेशन (दृढ निश्यच) र डिस्क्रिमिनेशन (सही र गलत छुट्याउन सक्ने क्षमता) गरी ५ वटा डी आवश्यक हुने ऐश्वर्याले सुनाइन् । सबैलाई माया गर सबैलाई सेवा गर भन्ने साई बाबाको वाणी पनि उल्लेख गर्दै उनले सबैलाई सत्मार्गमा लाग्न समेत प्रेरित गरिन् ।
सत्य साई बाबाको आज अर्थात् २३ नोभेम्बरका दिन १०० औँ जयन्ती हो । यो वर्ष साई बाबाको शताब्दीऔं जन्मजयन्ती पनि हो । सोही कारण वर्षभर नै विशेष र विविध कार्यक्रम गरी वर्षभरका साई भक्तहरुले उहाँको जन्मजयन्ती मनाइरहेका छन् । आज उहाँको जन्मको दिन विश्वभर विविध कार्यक्रमहरु आयोजना गरिएका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com