काठमाडौं । सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्का बैठकले यो निर्णय गरेको हो। मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने निर्णय गरेको बताए।
उनका अनुसार सरकारले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्ने निर्णय भएको छ।
त्यस्तै, भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गरेको छ। नेपाली सेनाका तीन जना सहायक रथीको पदावधि थप गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।
जेनजी प्रदर्शनमा मारिएका व्यक्तिका परिवारलाई पहिचानपत्र दिने र भदौ २३ लाई जेन–जी सहिद दिवस मनाउने।
भूपाल बराल कर्मचारी सञ्चय कोषको अध्यक्ष नियुक्त।
५ लाखभन्दा बढी मूल्यका कारोबार वित्तीय प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था।
नेपाली सेनाका ३ सहायक रथीको पदावधि थप, एक महासेनानीको राजीनामा स्वीकृत।
नेपाल–भारत पेट्रोलियम–ग्यास संयुक्त कार्यसमूहको बैठकमा नेपाली टोलीलाई स्वीकृति।
न्यायाधीशहरूको पारिश्रमिक–सुविधामा संशोधन।
श्रीलङ्कामा बाढीपीडितका लागि २ लाख डलर सहयोग।
चीनको सहयोगमा बन्ने गल्छी(रसुवागढी सडकका लागि दस्तुर छुट र निकुञ्जको २०,००० वर्ग मिटर क्षेत्र अस्थायी प्रयोग अनुमति।
विभिन्न उद्योगहरूलाई राष्ट्रिय वन क्षेत्रमा उत्खननका लागि अनुमति ९चुनढुङ्गा, ग्रेनाइट, फलाम०।
विश्वविद्यालय अनुदान आयोगमा ज्ञानबहादुर थापा सचिव, प्रेस काउन्सिलमा डा। कुमार शर्मा आचार्य अध्यक्ष।
लुम्बिनी विकास परिषद्मा दिपक श्रेष्ठ सदस्य(सचिव।
स्वास्थ्य मन्त्रीलाई भारतमा हुने डब्लुएचओ सम्मेलनमा सहभागी हुन स्वीकृति।
स्वास्थ्य मन्त्रालयका १५ निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण।
सचिव फणिन्द्र गौतम उमेर हद अनुसार अवकाश।
वैकुण्ठप्रसाद अर्याल सुदूरपश्चिम प्रदेश प्रमुख सचिव पदमा पदस्थापन।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com