Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मध्यविन्दु नगरपालिका ४ पूर्ण किसान साकोस सदस्य वडा घोषित

मध्यविन्दु नगरपालिका ४ पूर्ण किसान साकोस सदस्य वडा घोषित

काठमाडौं । गैंडाकोट नगरपालिका वडा न ८ मा केन्द्रिय कार्यालय रहेको देशकै उत्कृष्ट सहकारी किसान वचत तथा ऋण सहकारी संस्था लि.ले आज २०८२ मंसिर २० गते मध्यविन्दु नगरपालिका ४ स्थित किसान साकोस पञ्चवटी सेवाकेन्द्रको परिसरमा एक भव्य कार्यक्रम आयोजना गरि मध्यविन्दु नगरपालिका वडा नं ४ लाई पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित मध्यविन्दु नगरपालिका वडा नं ४ अन्तर्गत कुल ८४० घरधुरी मध्ये ८०३ घरधुरी ९कुल घरपरिवारको ९५.५९ प्रतिशत० किसान साकोसमा आवद्ध भएकाले पूर्ण सदस्य वडा घोषण गरिएको हो । किसान वचत तथा ऋण सहकारी संस्था लि.को प्रस्ताव एवं मध्यविन्दु नगरपालिका वडा न.४ का वडा अध्यक्षको सिफारीसमा कार्यक्रमका प्रमुख अतिथि मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख पूर्णकला चौधरीले द्वारा पूर्ण वडा घोषणाको अभिलेख किसान साकोसका लाई हस्तान्तरण गरेका थिए ।

2.jpg

पूर्ण वडा सदस्य अभिलेख प्रमाणीकरण गरी हस्तान्तरण गर्दै प्रमुख अतिथि चौधरीले सदस्यहरुलाई घर नजिकैबाट वित्तीय सेवा एवं महिलाहरुमा वित्तीय.पहुँचमा किसानले गरेको गरेको कार्यको प्रशंसा गर्दै नगरपालिकाले थप सहकार्य गर्न सकिने बताए । बर्तमान परिवेसमा हल्लाको पछाडी नलागी आफ्नो सहकारीकोबारेमा जानकारी राख्नु र राम्रो सदस्य सेवामा केन्द्रित सहकारीको चयन गरी लाभान्वित हुन सदस्यहरुलाई सुझाव समेत दिए ।

वडा नं ४ का अध्यक्ष डिल्लीराम थारूले शुभकामना मन्तव्य राख्दै किसान साकोस नेपालकै एक उत्कृष्ट साकोस रहेको एवं किसान साकोसले आफ्नो वडाबाट सेवा प्रदान गरेकोमा धन्यबाद दिए ।  घरदैलोमै वित्तिय पहुँच पुर्‍याएको किसान साकोसले स्वास्थ्य शिविर, वित्तिय साक्षरता लगाएतका कार्यक्रमहरु गरि सदस्य सबलिकरणमा काम गरेको र थप प्रगति गर्दै जाओस् भनि शुभकामना दिए ।

Record Handover by Chief-Guest1.jpg
undefined

संस्थाका अध्यक्ष भोजराज पौडेलले किसान साकोसलाई आफ्नो सहकारीको रुपमा चयन गर्नु भएका वडा नं.४ का सबै सदस्य एवं परिवारजनलाई मनैदेखी कृतज्ञता ज्ञापन गर्दै कार्यक्रम भव्य र सफल गराउन लाग्नुहुने सबैमा धन्यबाद व्यक्त गरेका थिए ।

कार्डियोलोजी एण्ड डायबिटिज सेन्टर भरतपुरका अध्यक्ष विजय न्यौपानेले किसान साकोससँगको सहकार्यमा समुदायस्तरमा स्तरीय स्वास्थ्य सेवा विस्तारको लागि शिविरमा योगदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो मुख्य उद्देश्य नाफा कमाउनु भन्दा पनि सेवाको पहुँच विस्तार रहेकोमा जोड दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षता, मध्यविन्दु नगरपालिकाका नगर उप(प्रमुख पूर्णकला चौधरीज्यूको प्रमुख आतिथ्यता र नेफस्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतम, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष्य तिलक प्रसाद पराजुली र मध्यविन्दु नगरपालिका वडा नं ४ वडा अध्यक्ष डिल्लीराम थारू र वडा नं ६ का वडाअध्यक्ष लाभप्रसाद पाठकको विशिष्ट आतिथ्यता रहेको थियो । संस्थाका सचिव सरस्वती कंडेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष राजेन्द्र गौतम, संचालक समिति सदस्य देवी घिमिरे, संचालक समिति सदस्य बालु पुरी साथै जनमुखी सेवाकेन्द्र संयोजक भेषराज पौडेल, कुनाको सेवाकेन्द्र संयोजक रामकृष्ण पौडेल, भविष्यनिर्माण सेवाकेन्द्र संयोजक लाल प्रसाद रेग्मी, विष्णुनगर सेवाकेन्द्र संयोजक बालकुमार शर्मा, सम्बृद्धि सेवाकेन्द्र संयोजक गोपाल श्रीपाली, साविक पञ्चवटी सामाजिक उद्यमी महिला सहकारीका संचालक समिति एवं पदाधिकारीहरु, विभिन्न वडाका वडाध्यक्ष, संघ संस्थाका प्रतिनिधी, वडाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्य र कर्मचारी सहितको उपस्थिति थियो । 

3.jpg
undefined


 
कार्यक्रममा वडा भित्रका टोल विकास सस्थाहरुलाई डस्बीन हस्तानत्रण गरीएको थियो भने कार्डियोलोजी एण्ड डायवेटिक सेन्टर चोविसकोठी भरतपुरको ११ जनाको उच्चस्तरीय स्वास्थ्यकर्मीको टोली र मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा अन्तर्गतका प्राविधिक जनशक्ति सहित स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रमबाट पञ्चवटी सेवा केन्द्र अन्तर्गतका ११७ जना सदस्यहरुको स्पेशलिश्ट डाक्टरहरुद्वारा कार्डियोलोजी, डायवेटिक, रक्त परिक्षण, ईसिजि निःशुल्क परिक्षण एवं औषधी वितरण समेत गरीएको थियो । 

10.jpg
undefined

संस्थाका सचिव सरस्वती कंडेलले सहजीकरण गर्नु भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सन्जयराज तिमिल्सिनाले संस्थागत जानकारी र कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै सबै पक्षहरुसँग सहकार्य गरेर सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा संस्थागत योजना सहित कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पञ्चवटी सेवाकेन्द्र संयोजक कला भुषालले आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्दै संस्थाप्रति सदस्य, समुदाय र सरोकारवाला पक्षहरुले दिनुभएको साथ, सहयोग, समर्थन र स्वामित्वबोधले उर्जा प्राप्त भएको भन्दै निरन्तर सहकार्यको अपेक्षा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार