Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

सहकारी मन्त्रालय, विभाग र प्राधिकरणका तीन सहसचिवको सरुवा

सहकारी मन्त्रालय, विभाग र प्राधिकरणका तीन सहसचिवको सरुवा

काठमाडौं । सहकारी मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणका तीन सहसचिवहरुको सरुवा भएको छ । पुस ३ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखा प्रमुख मदन कोइराला, सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गाना तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक शेष नारायण पौडेलको एकै दिन सरुवा गरेको छ ।

कोइराला तथा रजिष्ट्रार ढुंगानाको गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ भने प्राधिकरणका पौडेलको गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरुवा भएको छ ।

सहकारी मन्त्रालयमा गोविन्द प्रसाद रिजाल तथा सुशिल ढकालको सरुवा गरिएको छ भने प्राधिकरणमा पुष्पराज शाहीलाई सरुवा गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ६० जना सहसचिवको सरुवा गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार