Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सहकारी विभागका ३६औं रजिष्ट्रार भन्छन् -सुशासन कायम गराउने पहिलो प्राथमिकता

सहकारी विभागका ३६औं रजिष्ट्रार भन्छन् -सुशासन कायम गराउने पहिलो प्राथमिकता

काठमाडौं । सहकारी विभागका ३६औं रजिष्ट्रारका रुपमा हिजो मात्र पदबहाली गरेका सहसचिव सुशील ढकालले यस क्षेत्रमा सुशासन कायम गराउनु विभागको पहिलो प्राथमिकता हुने बताएका छन् । पदबहाली गरेको भोलिपल्टै आज धिप्री डटकमसँग कुरा गर्दै उनले भने, सहकारीमा केही समस्याहरु छन्, बेथिति छन्, सहकारी क्षेत्रमा सुशासन कायम गराउन विभाग लागिपर्नेछ । यसमा हाम्रो ध्यान जानेछ । यो हाम्रो प्राथमिकता हुनेछ ।'
 
रजिष्ट्रार ढकालले भने, सहकारीबाट समस्यामा परेका पीडितहरुलाई अधिकार र कानूनको परिधि भित्र रही हरसम्भव सहयोग सहजीकरण विभागले गर्नेछ ।'

सहकारीको अपरिहार्यताका बारेमा धारणा राख्दै उनले भने, 'सहकारीको विकास बिना मुलुकको विकास सम्भव छैन । तीन खम्बे अर्थनीति भित्र सहकारी समाहित छ । सहकारी शिक्षाको कमी छ, विभागले आफ्नो उद्देश्य अनुरुप प्रवर्धनात्मक कार्यलाई प्रभावकारी रुपमा निरन्तरता दिनेछ ।'

 

DSC04106_11zon.jpg
रजिष्ट्रार सुशील ढकाल
DSC04111_11zon.jpg
रजिष्ट्रार सुशील ढकाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार