Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायण मेलाको पाँचौ दिनको फोटो कथा

शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायण मेलाको पाँचौ दिनको फोटो कथा

काठमाडौं । आज २०८२ पुस २३ गते धिप्री डटकम साँखुस्थित शालीनदी पुगेको थियो । सार्वजनिक बिदाको दिन पनि नभएको र मध्यान्हको समय पनि भएकाले स्वस्थानी व्रत कथा तथा माधवनारायण मेला मेलामा बाक्लो भीड थिएन । यद्यपि, व्रतालुहरुको नित्यकर्म त छदै थियो । आम भक्तालुहरुको मेलो आज हामी रहँदा पुगेकाहरुमा पनि उस्तै थियो । दर्शन गर्ने, व्रतालुहरुको गतिविधि नियाल्ने, फोटो भिडियो खिच्ने, आदि । तिनै दृश्यहरु धिप्री सट्सका रुपमा क्यामेरामा कैद भएका छन् । 

साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय महत्व छ ।  हरेक वर्ष साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मेला लाग्दछ । विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन्। व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ। माघ महिनामा शालीनदी मेलामा गई स्नान गरेर माधवनारायणको दर्शन गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास सहित प्रत्येक वर्ष लाखौं भक्तजन त्यहाँ पुग्छन् । 

DSC04329_11zon.jpg
व्रतालुहरु
DSC04247_11zon.jpg
व्रतालु आमाछोरी
DSC04336_11zon.jpg
undefined
DSC04240_11zon.jpg
व्रतालुहरु
DSC04292_11zon.jpg
व्रतालुहरु
DSC04221_11zon.jpg
undefined
DSC04217_11zon.jpg
undefined
DSC04323_11zon.jpg
व्रतालुहरु
DSC04224_11zon_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार