Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सदस्य सेवामा समर्पित सुनसरीस्थित जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न

सदस्य सेवामा समर्पित सुनसरीस्थित जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न

दुहवी । सुनसरीको दुहवी नगरपालिका वडा नं. ५ मा रहको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि ले पौष २५ गते शुक्रबार आफ्नै प्राङ्गणमा २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । ।
श्री जनकल्याण साकोसको आयोजना तथा बष्टि इन्जिनियर बलराम चौधरीको प्रमुख आतिथ्यतामा श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि ले २५ औं बार्षिक साधारण सभा सम्पन्न सम्पन्न गरीएको हो ।

श्री जनकल्याण बचत तथा क्रण सहकारी संस्था लि का भुप नारायण भगतले २०८१/०८२ सम्ममा १९ करोड भन्दा बढी निक्षेप र ४३ लाख ७ हजार ८सय ८३ रुपैया खुद नाफा भएको जानकारी गराए । संस्थाले २५ औं बर्ष पार गरेको रजत जयतीको अवसरमा सहकारी गित र रजत स्मारिका किताव विमोचन गर्नुका साथै उत्कृष्ट ऋण तथा बचत कर्ताहरुलाई सम्मान गरेको थिए ।

संस्थाले सामाजिक क्रिर्याकलाप अन्तर्गत निःशुल्क आँखा शिविर, रक्तदान कार्यक्रम, अनाथ बालबालिकालाई सहयोग र मृतक परिवारका सदस्यलाई समेत राहात कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष भगतले जानकारी दिए ।

संस्थाका अध्यक्ष भगतले माघ देखी सेयर सदस्यलाई प्रविधि सँग जोड्नका लागि मोवाइल बैकिङ्ग,एस.एम.एस सेवा, मोबाइल रिचार्ज र इ-सेवा सञ्चालनमा आउने बताए ।

२०५७ सालमा ३१ जना मिलेर श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि स्थापना गरी हाल २०८१/०८२ सम्म आउँदा २ हजार ९ सय ९७ जना सेयर सदस्य रहेको संस्थाका अध्यक्ष भगतले जानकारी दिए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कर्मचारीहरु, सहकारीका पदाधिकारीहरु लगायत सेयर सदस्यहरुको उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार