Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

कास्कीको जनसेवा साकोसलाई अर्को सफलता

कास्कीको जनसेवा साकोसलाई अर्को सफलता

काठमाडौं । कास्कीको पोखरा-१९ पुरुन्चौरस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लि., ले  अर्को सफलता हात पारेको छ । जिल्ला सहकारी संघ लि. कास्कीको ५२ औं वार्षिक साधारणसभाको अवसरमा कास्की जिल्लाभरका सहकारी संस्थाहरुमध्ये समुदायमा रही सहकारीका मूल्य र मान्यतालाई आत्मसाथ गर्दै निरन्तर कृयाशिल रहेर सहकारी क्षेत्रमा पुर्याएको भुमिकाको उच्च मुल्याङ्कन गर्दै सर्वोत्कृष्ट संस्थाको रुपमा सम्मानित भएको छ ।

613551858_25250080488008129_7744616770817398943_n.jpg

केही समयअघि मात्र जनसेवा साकोसले चौथो पटक साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी प्रोबेसन व्राण्ड प्राप्त गरेको थियो । जनसेवा साकोसले यो अवसरमा संस्थालाई हालको अवस्था सम्म ल्याइपुर्याउन सहयोग गर्ने सबे शेयर सदस्य एवम् सरोकारवालाहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार