Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न कार्यक्रम

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न कार्यक्रम

काठमाडौं । विभिन्न कार्यक्रमहरू गरी पृथ्वी जयन्ती मनाइएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उनको योगदानको सम्मान गरेका छन् ।  त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गरे ।

मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे ।

हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन २७ पुसमा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता(कार्यकर्ता, राजावादीहरूको ठुलो उपस्थिति थियो । आजै राप्रपाले चियापान कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार