Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

गण्डकी प्रदेशका निष्क्रिय अवस्थाका २६ सहकारीको दर्ता खारेजी

गण्डकी प्रदेशका निष्क्रिय अवस्थाका २६ सहकारीको दर्ता खारेजी

काठमाडौं । सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय अवस्थाका २६ सहकारीको दर्ता खारेज गरेको छ ।  कार्यालयले गत आर्थिक वर्ष २०८१र८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

सहकारी रजिष्ट्रार कार्यालय पोखराले स्याङ्जा, गोरखा, तनहुँ, कास्की, म्याग्दी, लमजुङ, बागलुङ र पर्वतका निष्क्रिय सहकारीको दर्ता खारेज गरेको हो । दर्ता खारेज हुनेमा सबैभन्दा धेरै सहकारी स्याङ्जा जिल्लाका रहेका छन् । स्याङ्जामा आठ सहकारीको दर्ता खारेज भएको छ । 

दर्ता भएर लामोसमयदेखि सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक कारोबार नभएका र अब सञ्चालन हुन सक्ने स्थिति नभएका सहकारीको दर्ता खारेजी गरिएको सहकारी रजिष्ट्रार कार्यालय पोखराले जनाएको छ ।

स्याङ्जाका आठ वटै सहकारी चालु आर्थिक वर्षमा दर्ता खारेज गरिएका हुन् । सहकारी रजिष्ट्रार रिजालका अनुसार गोरखामा ६, तनहुँमा ४, कास्कीमा ३, म्याग्दीमा २, लमजुङ, बागलुङ र पर्वतमा समान एकरएकवटा सहकारीको दर्ता खारेज भएको हो ।दर्ता खारेज हुने सहकारीमा बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि, उपभोक्ता, सूचना तथा सञ्चार, विद्युत्, मौरीपालन, अदुवा उत्पादनका क्षेत्रमा काम गर्ने उद्देश्यसहित स्थापना गरिएका सहकारी छन् ।

सहकारी रजिष्ट्रार कार्यालय पोखरामा हाल ८९० वटा सहकारी छन् । सहकारीको दर्ता खारेजका लागि सात वटाको प्रक्रिया पूरा भएको र बाँकी १० सहकारी दर्ता खारेजीको थप प्रक्रियामा रहेको भन्दै दर्ता खारेज हुने क्रम अझै बढ्ने कार्यालयले जनाएको छ ।

यसमध्ये ५८८ सहकारी अद्यावधिक भएर सञ्चालनमा  छन् । ३०२ सहकारी निष्क्रिय छन् । सहकारीसँग जोडिएका विभिन्न विषयगत संघ तथा सहकारी संस्था निष्क्रिय रहेका हुन् । ती निष्क्रिय रहेका संघ तथा सहकारीमध्ये जिल्लामा मात्रै संघ तथा संस्था गरी ५० छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार