Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
राष्ट्रिय सहकारी नियमन प्राधिकरण

सहकारी अभिलेखीकरणको समय ३० दिन थपियो

सहकारी अभिलेखीकरणको समय ३० दिन थपियो

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी अभिलेखिकरण गर्ने समय ३० दिन थप गरेको छ ।  प्राधिकरणले सूचना जारी गरी संस्था अभिलेखिकरणको समय थप गरेको जनाएको हो ।

प्राधिकरणले फागुन ११ गते सम्मका लागि दर्ता अभिलेखिकरणको समयावधि ३० दिन थप गरिएको जनाएको छ । जारी सूचनामा “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड, २०८२” बमोजिम सहकारी संस्थाको दर्ता अभिलेखिकरण सम्बन्धी कार्य २०८२ मंसिर १० गते देखि प्रारम्भ भई मापदण्डको दफा ३(४) को व्यवस्था बमोजिम सो कार्यको समयावधि २०८२ माघ १० गते समाप्त हुँदैछ ।

यस अवधिमा सम्बद्ध सबै सहकारी संस्थाहरुको विवरणहरु प्रविष्ट भई सक्ने नदेखिएको र विवरण प्रविष्टिको कार्य निरन्तर भईरहेकाले प्राधिकरणको ८ गतेको निर्णयानुसार ३० दिन थप गरिएको जनाएको छ।

darta.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार