काठमाडौं । किवंदन्तीमा उल्लेख भएअनुसार पहिला गुह्येश्वरी दर्शन गरेर अनि मात्र पशुपतिनाथको दर्शन गर्नुपर्ने हुन्छ । शक्तिपीठ गुह्येश्वरी दर्शन गरेर मृगस्थली हुँदै पशुपतिनाथ भगवानको दर्शन गर्दा सुल्टो हुने र सिद्धि प्राप्त हुने-पुनम कर्माचार्य बताउँनुहुन्छ । विगत तीन पुस्तादेखि गुह्येश्वरी मन्दिर बाहिर फूलप्रसाद बिक्री गर्दै आएको परिवारको सदस्य भएको नाताले र व्यापारसँगै धर्मकर्ममा पनि अधिक विश्वास राख्ने पुनमले आज बिहान धिप्री डटकमलाई बताउनुभयो, 'खासमा गर्नुपर्ने भनेको पहिला गुह्येश्वरीको दर्शन र पछि पशुपतिनाथको हो । तर अचले किताब कसैले पढ्दैनन् । खाली भोलेबाबा ठुलो भनेर उतै पशुपतिनाथको मात्र दर्शन गरेर फर्किनुहुन्छ ।'
हुन पनि बिदाको दिन शनिबार बिहान समेत गुह्येश्वरी मन्दिरमा भीड थिएन । किन यस्तो भनेर सोध्दा पुनम भन्नुहुन्छ, 'विगतमा भीड हुन्थ्यो तर केही वर्षहरु भयो यस्तै छ ।' के मानिसहरुको आस्था कम भएको हो ? भन्ने हाम्रो प्रश्नमा पुनम भन्नुहुन्छ, 'धर्ममा आस्था पनि केही हदसम्म कम छ, धर्म परिवर्तन कारण हुनसक्छ । फेरि खासमा गुह्येश्वरी दर्शनमा कमी आउनुको अर्को कारण भनेको बाटो बन्दै गरेकाले हो । विगत ३५ वर्षदेखि पुनमको पेशा यही हो र उहाँ यसम खुसी हुनुहुन्छ ।'
व्यापारको कुरा गर्दा दर्शनार्थी र भक्तालुहरु कम भएसँगै व्यवसायमा असर परिहाल्छ । पहिलेको जस्तो व्यापार अचेल नहुने उहाँ बताउनुहुन्छ । यद्यपि, आफ्नो पुस्तौनी पेशालाई निरन्तरता दिन पाएकोमा उहाँ खुसी नै हुनुहुन्छ । भन्नुहुन्छ, 'गुह्येश्वरी माताको मन्दिर अगाडि बसेर काम गर्न पाइएको छ, केही सेवा पनि गर्न पाइएको छ खुसी नै छु ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com