Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
युवा आवाज

निर्वाचन परिणाम र भावी सरकारबारे काजोल काफ्ले -एकदम आशावादी छौं, निराश नबनाउनुहोला

निर्वाचन परिणाम र भावी सरकारबारे काजोल काफ्ले -एकदम आशावादी छौं, निराश नबनाउनुहोला

काठमाडौं । मुलपानी बस्ने काजोल काफ्ले स्नातकोत्तर तह अध्ययनरत हुनुहुन्छ । युवा उमेरको उहाँ राजनीतिप्रति पछिल्लो समय चासो राख्नथाल्नुभएको छ । मूलतः जेनजी आन्दोलनताकाबार उहाँमा राजनीतिप्रति चासो ह्वात्तै बढ्यो । त्यसमाथि निर्वाचन घोषणा भएपछि त झन राजनीतिप्रति उहा थप जिज्ञासु बन्नुभयो । उहाँले सामाजिक सञ्जालका माध्यमबाट राजनीति, निर्वाचन, मतदाताहरु, राजनीतिक दलहरु, मतदान प्रक्रिया आदिबारे धेरै जानकारी पाएको बताउँदै त्यसमा साथीभाइ, घरपरिवारबाट पनि शिक्षा पाएको बताउनुभयो ।

युवाहरुको परिवर्तनको युवाहरुको चाहनालाई नयाँ राजनीतिक दलले सम्बोधन गर्न सफल हुनेमा काफ्ले उहाँ निक्कै आशावादी हुनुहुन्छ र भन्नुहुन्छ, 'हामीलाई निराश नबनाउनुहोस्, बनाउनुहुने छैन । यदि काम गर्न सक्नुभएन भने तपाईंहरुप्रति हामी युवाहरु खबरदारी गर्नेछौं ।' 

C0003T01_11zon.jpg
काजोल काफ्ले

सामाजिक सञ्जालको शक्ति बलियो भएपनि खासगरी पढेलेखेका युवाहरु के सही हो के लगत हो भनेर खुट्याउन सक्ने भन्दै हावाका भरमा मात्रै युवाहरुले मतदान नगरेको दाबी गर्नुहुन्छ । मुलुकलाई सकारात्मक परिवर्तन गरी विकास गर्न नयाँ बन्ने सरकार सक्षम हुने विश्वास काफ्लेको छ । हाल धेरै युवाहरु निर्वाचित भएको बताउँदै युवा र त्यसमा पढेलेखकाहरु निर्वाचित भएको र उनीहरुले विगतका राजनीतिक दलहरुले गर्न नसकेको कुराले युवाहरुमा निराशा बढेको ज्ञात भएकोले पनि काम गरेरै देखाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । सुनौं काजोल काफ्लेको विचार:

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार