काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको पुँजीगत खर्च निक्कै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा जम्मा १९.२४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।
सङ्घीय सरकारको कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमध्ये फागुन मसान्तसम्म ९ खर्ब २६ अर्ब ५८ करोड रुपैयाँ अर्थात् ४७।१८ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा ५४.३७ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ५४.८९ प्रतिशत खर्च भएको छ ।
यस्तै राजस्वतर्फ वार्षिक लक्ष्यको ४९.८९ प्रतिशत अर्थात् ७ खर्ब ६५ अर्ब १० करोड रुपैयाँ सङ्कलन भएको छ । कर राजस्वमा ५१.४ प्रतिशत र गैरकर राजस्वमा ४५.७८ प्रतिशत असुली भएको छ । वैदेशिक अनुदान भने वार्षिक लक्ष्यको २४.७८ प्रतिशत मात्र प्राप्त भएको कार्यालयले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com