काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायमा लामो समयदेखि अड्किएर फर्छ्यौट हुन नसकेका फाइलसम्बन्धी समस्या उजागर गर्न नागरिकसँग गुनासो माग गरेको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित अड्किएका फाइलहरूको यथाशीघ्र फर्छ्यौट गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ। सोही सन्दर्भमा नागरिकका गुनासो संकलन गरी समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउन आह्वान गरिएको हो।
यसअघि २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गरिएको थियो। अभियानका क्रममा विभिन्न निकायमा लामो समयदेखि निर्णयविहीन अवस्थामा रहेका फाइलहरूको पहिचान तथा फर्छ्यौटमा जोड दिइएको कार्यालयले जनाएको छ।
सूचनामा सेवाग्राहीले आफ्ना फाइलसम्बन्धी समस्या वा गुनासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’ सेवा, टोल फ्री नम्बर वा अनलाइन पोर्टलमार्फत दर्ता गर्न सक्ने व्यवस्था रहेको उल्लेख छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com