Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए: परराष्ट्र मन्त्रालय

पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए: परराष्ट्र मन्त्रालय

काठमाडौं । पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि अहिलेसम्म ३० हजारभन्दा बढी नेपाली सो क्षेत्रबाट स्वदेश फर्किएका छन् ।

संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धले सो क्षेत्रमा तनाव उत्पन्न भएपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा बढी नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले जानकारी  गराएको छ ।  आज आयोजित पत्रकार सम्मेलनमा ती नागरिकहरू तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्किएको बताइएको थियो । २१ हजार नेपाली कतारबाट फर्किएको जानकारी गराइएको थियो ।

यसैगरी उक्त द्वन्द्वपछि मन्त्रालयको कन्सुलर सेवा विभागले सुरु गरेको अनलाइन पोर्टलमा हालसम्म सोक्षेत्रका ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाका बारेमा दर्ता गराउनुभएको बताइएको थियो ।

द्वन्द्वका क्रममा इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाईको पहल भइरहेको पनि मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रामजी खड्काले जानकारी दिनुभयो । उहाँ छिट्टै रिहाइ हुनुहुने मन्त्रालयले जनाएको छ ।

यसैगरी कामको सिलसिलामा इरानमा रहेका १० नेपाली नागरिकमध्ये दुई जना स्वदेश फर्कने तयारीमा रहनुभएको बताउँदै बाँकी आठ जना हाल सुरक्षित महसुस गरी इरानमा रहनुभएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

मन्त्रालयले सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार